प्रहरी इन्काउन्टरमा नुवाकोट सामारीका गोपाल तामाङ मारिए
विदुर खबर
२०७५ साउन २१ गते ११:२०
नुवाकोट, नुवाकोट सामारीका गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका छन । महानगरिय प्रहरी अपराध महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीका अनुसार तामाङ भक्तपुरको पाइलटबाबा आश्रमको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएका हुन ।
गोपालले सिन्धुपाल्चोकका अजय तामाङसँग मिलेर काँडाघारी बस्ने ११ वर्षीय निशान खड्काको अपहरण गरी हत्या गरेका थिए । निशानको आमासँग ४० लाख मागेर नपाएपछि हत्या गरेका उनीहरु प्रहरीलाई नै आक्रमण गरेर भाग्नेक्रममा मारिएका हुन ।

गोपालसँगै अपहरणमा संलग्न सन्धिुपाल्चोकका अजय तामाङ पनि मारिएका छन । प्रहरीले अपहरणपछि बालकको हत्या भएको घटनामा थप अनुसन्धान गरिरहेको एसपी उप्रेतीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया