उचाइ बनाउदै सगरमाथा आरोही नुवाकोटका विवेक पाण्डे

विदुर खबर २०७८ असार २६ गते १६:११

नुवाकोट । नुवाकोट जिल्ला विदुर नगरपालिका गेर्खुटार वडा न १० मा जन्मिएका विवेक पाण्डेले सामाजिक क्षेत्रमा आफ्नो उचाई बढाउदै आएका छन ।

Advertisement

सगरमाथा सफल आरोहण गरेका विवेकले आफ्नो देशको लागी निरन्तर रुपमा आफुले सकेको सहयोग गर्दै आइरहेका छन । उनले नेपाल जब जब पिडामा पर्छ , जब जब संकटमा पर्छ तब तब आफुलाई सकेको सहयोग गर्न आफू तल्लीन रहेको उनी बताउछन ।

उनले भुकम्प गए देखि आज बाढी पिडितका लागि सम्म आर्थिक , भौतिक जे सकिन्छ उति सहयोग गरेका छन । उनले आफ्नो क्षेत्रको विद्यालयहरुलाई पनि हरेक परिस्थितिमा सहयोग गरेका छन ।  गत हप्ता मात्र उनले सिन्धुपाल्चोक बाढी पिडितका लागि भनेर आफुले केही आर्थिक सहयोग गरेका थिए ।

Advertisement

उनले मेरो तर्फबाट दाल , चामल , नुन तेल २५,३० घरलाई उपलब्ध गराईदिनुस भनेर नेपाली चेली फाउन्डेसन बाट सहयोग गरेका हुन । कहिले बाल आश्रम पुग्ने पाण्डे त कहिले वृद्ध आश्रममा राहात लिएर पुग्ने गर्दछन । सानै देखि समाजसेवामा चासो राख्ने उनले अहिले दर्जनौ ठाउमा लाखौ सहयोग गरिसकेका छन ।

उनले यसै गरि हिमाल आरोहण गर्ने आरोहीहरुलाई पनि बाटो तिर केही अप्ठ्यारो पर्दा सहयोग गर्ने गरेको उनी बताउछन ।

Advertisement

आगामी साउनको अन्तिम मा उनले पशुपतिको आश्रममा रहेका वृद्ध आमा बुबालाई केही राहत होस भनेर रु १० हजार समेत उपलब्ध गराएका छन ।

प्रतिक्रिया