खानी खोलाले बगाएका युवा मृत भेटिए
नुवाकोट । काभ्रेको विकट खानिखोला गाउँपालिकामा हिजो बुधबार दिउँसो २ बजे देखि खोलामा वेपत्ता भएका युवा सिन्धुली जिल्लाको पिपलमाडीमा मृत अवस्थामा फेला परेका छन् ।
युवाको खोजी गर्न सुरक्षाकर्मी र स्थानीयको निरन्तर सक्रियता थियो । साविक फलामेटार गाविस वडा नम्वर ८ हाल खानिखोला गाउँपालिका वडा नम्वर २ घर भएका २७ बर्षिय युवा सुनिल वाईवा खोला तर्ने क्रममा बुधबार दिउसो २ बजे साविक वडा नम्वर ५ र वडा नम्वर ६ को सिमानाबाट बगाएको हो ।
वाईवालाई बगाए लगत्तै प्रहरी र स्थानीयले खोजी कार्य तिब्र बनाएका थिए । भिमसेनस्थानबाट खानिखोलाको ताल्ढुंगा जाने आउने क्रममा हरेक वर्ष सर्वसाधारण जोखिममा पर्दै आएका छन् ।
स्थानीय इशारा खुलालका अनुसार खानीखोलाका विभिन्न स्थानमा सर्वसाधारणका लागि निर्माण हुनु पर्ने पुलहरु नहुँदा जोखिम बढ्दै गएको छ । बुधबारबाट बगेका युवाको सिन्धुलीको पिपलमाडीमा फेला परेको छ ।
स्थानीय युवा प्रदिप आचार्यले स्थानीय र प्रहरीको सक्रियतामा हिजोबाट बगाएका युवाको शव फेला परेको बताउनु भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया