नुवाकोटमा आज एकसयभन्दा बढी कोरोनामुत्त

नुवाकोट । नुवाकोटमा आज एकसयभन्दा बढी कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका एकसय ८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ९ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय २१ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ५२ पुगेको छ । यो संख्या हिजोको तुलनामा घट्दै गएको हो । सक्रिय कोरोना संक्रमितमध्ये ८ सय ७८ जना होम आइसोलेसनमा, ३७ जना आइसोलेसन सेन्टरमा र ३४ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकामा १९ जना कोरोना संक्रमित थपिँदा तादी गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्यगढी गाउँपालिकामा ४ जना, म्यागङ गाउँपालिकामा २ जना, किस्पाङ र लिखु गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा हालसम्म १९ हजार २ सय ८ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
विदुर नगरपालिकामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
यस्तै विदुर नगरँपालिकामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकामा थप १९ जना कोरोना संक्रमित थपिएका छनु् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एकहजार ८ सय ३५ पुगेको छ । नगरपालिकामा रहेका संक्रमितमध्ये ११ सय ७६ पुरुष र ६ सय ५९ जना महिला रहेका छन् ।
यस्तै गाउँपालिकामा २ सय ५६ जना सक्रिय कोरोना संक्रमित रहेका बताइएको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
विदुर नगरपालिकामा हालसम्म २ हजार ९ सय ८१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
तादी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिए
यसैविच तादी गाउँपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकामा थप ११ जना कोरोना संक्रमित थपिएका छनु् ।
यससँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । गाउँपालिकामा संक्रमितमध्ये एकसय ६० पुरुष र ९८ जना महिला रहेका छन् ।
यस्तै गाउँपालिकामा ६६ जना सक्रिय कोरोना संक्रमित रहेका बताइएको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
तादी गाउँपालिकामा हालसम्म ७ सय ८० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया