रसुवाबाट नेकपाकाे जिल्लास्तरीय एकीकरण सुरू, १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत
नुवाकोट/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे जिल्लास्तरीय एकीकरण सुरू भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रलार्इ जिल्लामा एकीकरण गर्नेमा रसुवा पहिलो जिल्ला बनेको छ । प्रदेश ३ को रसुवाको तत्कालीन एमाले र माअोवदीको सचिवालय र पदाधिकारीको पटक पटकको बैठकबाट एकीकरण सम्भव भएकाे हो ।
केन्द्रले तोकेको मापदण्ड अनुसार रसुवाले १२५ सदस्य कमिटी र त्यसमा एक प्रदेश बराबरकाे १० जना गरेर १३५ जनाको नाम प्रस्ताव गरिएको नेकपाका एकजना नेताले जानकारी दिए । अाइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ को कार्यदल समक्ष रसुवा जिल्लाको तर्फबाट जिल्ला कमिटीको संयुक्त नामावली पेश गरेकाे नेकपाका केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिए । जिल्लाको तर्फबाट सर्वसम्मत नामावली पेश गर्ने रसुवा जिल्ला पहिलो भएको छ ।

अर्यालका अनुसार सहमतिको आधारमा समयमा नै कार्य सम्पादन गरेकोमा कार्यदलको तर्फबाट रसुवाको पार्टी नेतृत्वलाई बधाई एवं धन्यवाद ज्ञापन समेत गरेको छ । जिल्लाको तर्फबाट टुङ्गो लागेको नामावली कार्यदलबाट अन्तिम निर्णय नभएसम्म जिल्ला नेतृत्वले सार्वजनिक नगर्न कार्यदलको तर्फबाट कडाइका साथ निर्देशन भएको समेत उनले जानकारी दिएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया