उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति गठन
काठमाडौँ, उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत रहनुहुनेछ । समितिलाई फोहर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिश गर्ने जिम्मा दिइएको छ ।
समितिले ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्ने र वर्षौँसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार निर्माणका विषयमा सुझाव दिनुपर्नेछ । त्यसैगरी हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकाले उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ ।
ल्याण्डफिल साइट प्राविधिकरुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकाले संवेदनशील भएर व्यवस्थापनका लागि काम गर्ने संयोजक मरहठ्ठाले बताउनुभयो । बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया