लगातारको वर्षाले रसुवाको भार्खुमा पहिरो, सडक अवरद्ध
विदुर खबर
२०७८ असार १ गते ७:४३

रसुवा । लगातारको अविरल वर्षाले रसुवाको सानो भार्खुमा सडक अवरद्ध भएको छ ।
लगातार वर्षा भएपछि सानो भार्खुमा सोमबार राती पहिरो गएको स्थानियले बताएका छन् । रसुवा सदरमुकाम भन्दा ३–४ किलोमिटर पर्ने भार्खुमा पानी परेपछि सडक अवरुद्ध भएको स्थानियले बताएका छन् ।
बाटो अवरुद्ध भएसँगै सानो भार्खुमा १२ घन्टादेखि सवारीसाधन अलपत्र परेका छन् ।
Advertisement
बाटो अवरुद्ध भएसँगै सबारी चालकहरुले आफै बाटो बनाउदै बाटो खोल्ने प्रयास गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया