आज विश्व रक्तदाता दिवस मनाइँदै
नुवाकोट । आज विश्व रक्तदाता दिवस । ‘यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ ।
हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ ।
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले तीन हजारभन्दा धेरै रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको जनाएको छ । दिवसको पूर्वसन्ध्यामा हिजो भएको भर्चुअल अन्तर्क्रियामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले कोरोना महामारीमा पनि रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहनुभएकोमा सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा एक सय ५२ पटक रक्तदान गर्नुभएकी नीता घिरइया ३५ वर्षदेखि विभिन्न महादेशमा गइ रक्तदान गरी रक्तदान गर्दै आउनुभएका अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्त्व माध्यमिक विद्यालयको पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम युवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याङ्कहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया