रसुवाको नौकुण्ड गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद
विदुर खबर
२०७८ जेठ २९ गते २१:१०
रसुवा । रसुवाको नौकु्ण्ड गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा तत्काल अस्पताल पु¥याउन पर्ने बिरामीलाई समस्या हुँदै आएको थियो । निर्वाचन भएको चार वर्ष बितिसक्दा समेत गाउँपालिकाले गाडी समेत किनेको थिएन ।
एम्बुलेन्स खरिदका लागि भने लामो समयदेखि पहल गरिरहेको थियो । गाउँपालिकाले एम्बुलेन्स खरिद गरेसँगै गाउँपालिकाबासी खुशी भएका छन् ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गाडीको साटो एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घलेले बताए । गाउँपालिकाका नागरिकहरूले बिरामी भएको बेलामा अकालमै ज्यान गुमाउन पर्ने अवस्था आउने गरेको थियो ।
१० लाख ४९ हजार ३ सय ७५ रुपैयाँ एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया