कोभिड व्यवस्थापन केन्द्र रसुवालाई स्वास्थ्य सामग्री हस्तान्तरण
रसुवा । जिल्ला कोभिड व्यवस्थापन केन्द्र रसुवालाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघले कोभिड–१९ को रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
संघले सर्जिकल मास्क ३० हजार, एन नाइन्टी फाइभ मास्क २ हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेस सिल्ड २ सय १० थान, सन ग्लास २० सेट र चस्मा २० थान हस्तान्तरण गरिएको संघले जनाएको छ ।
संघका केन्द्रीय सदस्य छिरिङ फिन्जो लोप्चनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्रतण गरेका हुन् । आयात निर्यातलाई सहज बनाउनका लागि उनको नेतृत्वमा सामग्री ल्याइएको हो ।
जिल्लामा कोभिड–१९ को संक्रमण फैलिँदै गएकाले यसको रोकथामका लागि सामग्री प्रदान गरिएको संघका केन्द्रीय सदस्य फिन्जो लोप्चनले बताए । ‘यस विषम परिस्थितिमा थोरै भएपनि मलमपट्टि लगाउनका लागि सामग्री दिएका हौं’, उनले भने, ‘आगामी दिनमा पनि हामी आवश्यकता अनुसार सहयोग गर्ने छौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया