नेप्से सामान्य अंकले घट्दा १६ अर्बमाथिको कारोबार

विदुर खबर २०७८ जेठ २७ गते १५:२८

नुवाकोट । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १ दशमलव ८० अंकले घट्दा २९४४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।

Advertisement

आज दिनभरिमा २ सय २० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

एचआईडिसिएलको ९९ करोड ६५ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Advertisement

आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने शिव श्री हाईड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले घटेको छ ।गोर्खाज फाइनान्सको शेयर ४ दशमलव २५ प्रतिशतले घटेको छ भने हिमालयन जनरल इन्स्योेरेन्सको शेयर ३ दशमलव १९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया