डोटीमा रगत सङ्कलन अभियान शुरू

विदुर खबर २०७८ जेठ २५ गते १४:५४

नुवाकोट । बिरामीका लागि जिल्लामा पटक–पटक रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल गर्ने अभियान थालिएको छ ।

Advertisement

जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस वा कोही मानिस बिरामी पर्दा होस् रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली कांग्रेसले रगत सङ्कलन अभियान शुरुआत गरेको हो ।

रगतको आवश्यकता पर्दा सेना, प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था सिर्जना भएपछि कांग्रेसको निर्वाचन क्षेत्र नं। ‘क’ डोटीको समूहले रगत सङ्कलन अभियानको शुरुआत गरेको नगर सभापति विजय खड्काले जानकारी दिनुभयो ।शुक्रबारबाट शुुरू गरिएको उक्त अभियानमा अहिलेसम्म १२ जना नागरिकले निःशुल्करूपमा रक्तदान गरिसकेको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जनाएको छ ।

Advertisement

जिल्लामा रगत अभाव हुन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उद्देश्यले उक्त अभियानको शुरुआत गरेको कांग्रेस पार्टी सभापति प्रदीपकुमार देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जिल्लामा रगत नहुँदा बिरामीलाई निकै सास्ती हुन थाल्यो, रगत अभाव हुन नदिन तथा चाहिएको बेलामा रगत दान गर्ने व्यक्ति खोज्नुपर्ने झन्झटको अन्त्यका लागि यो अभियान शुरू गरेका छँंै, बिरामीलाई सहयोग हुनेछ ।

Advertisement

उक्त अभियान जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट शुरू गरिएको र आगामी दिनमा जिल्लाव्यापी बनाइने जनाइएको छ ।

प्रतिक्रिया