डोटीमा रगत सङ्कलन अभियान शुरू
नुवाकोट । बिरामीका लागि जिल्लामा पटक–पटक रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल गर्ने अभियान थालिएको छ ।
जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस वा कोही मानिस बिरामी पर्दा होस् रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली कांग्रेसले रगत सङ्कलन अभियान शुरुआत गरेको हो ।
रगतको आवश्यकता पर्दा सेना, प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था सिर्जना भएपछि कांग्रेसको निर्वाचन क्षेत्र नं। ‘क’ डोटीको समूहले रगत सङ्कलन अभियानको शुरुआत गरेको नगर सभापति विजय खड्काले जानकारी दिनुभयो ।शुक्रबारबाट शुुरू गरिएको उक्त अभियानमा अहिलेसम्म १२ जना नागरिकले निःशुल्करूपमा रक्तदान गरिसकेको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जनाएको छ ।
जिल्लामा रगत अभाव हुन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उद्देश्यले उक्त अभियानको शुरुआत गरेको कांग्रेस पार्टी सभापति प्रदीपकुमार देउवाले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘जिल्लामा रगत नहुँदा बिरामीलाई निकै सास्ती हुन थाल्यो, रगत अभाव हुन नदिन तथा चाहिएको बेलामा रगत दान गर्ने व्यक्ति खोज्नुपर्ने झन्झटको अन्त्यका लागि यो अभियान शुरू गरेका छँंै, बिरामीलाई सहयोग हुनेछ ।
उक्त अभियान जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट शुरू गरिएको र आगामी दिनमा जिल्लाव्यापी बनाइने जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया