विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो
विदुर खबर
२०७५ साउन १९ गते १:१४
विराटनगर ,प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ बर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
स्थानीयबासीले दिएको सूचनापछि पुगेको प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल पठाएको छ । तराईमुलको जस्तो देखिने युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
शव कपडाविहीन अवस्थामा भेटिएकोले घटना घटाएर अघिल्लो रात सो ठांउमा फालिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया