सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल बनाउने स्वास्थ्य मन्त्रीकाे घाेषणा
नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएकाले सातै प्रदेशमा अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।
साेमवार (आज) भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै उहाँले तेस्रो लहरमा बालबालिकालाई असर गर्ने विज्ञले बताइरहेकाले त्यसको तयारीमा जुटेको बताउनुभएको हो । उहाँले सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल, आईसीयू कक्ष निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको पनि दाबी गर्नुभयो ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएको रकममा अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार गरे/नगरेकोबारे अनुगमन गर्न निर्देशन दिएको छ ।
आज मन्त्रालयले एक सूचना निकालेर सबै जिल्ला प्रशासनलाई अस्पतालमा सङ्क्रमितको उपचार तोकिएको रकममा नभएको पाइए कारबाही गर्न निर्देशन दिएको हो । यसअघि सरकारले सामान्य अवस्थाका कोरोना सङ्क्रमितको उपचार प्रतिदिन प्रतिव्यक्ति ३५ सय रुपैयाँ र गम्भीर बिरामीका लागि सात हजार रुपैयाँभन्दा बढी नलिन अस्पतालहरूलाई निर्देशन दिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया