नुवाकोटमा थप तीनजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ २३ गते १५:५४

नुवाकोट । नुवाकोटमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको स्वासथ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट आज मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय एक बृद्ध रहेका छन् भने विदुर नगरपालिका वडा नम्बर ४ का ३२ वर्षिय एक महिला रहेका छन् ।
यस्तै दुप्चेश्वर गाउँपालिकाका ३९ वर्षिए एक महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्कमध्ये ककनी र विदुर नगरपालिकाका संक्रमितको त्रिशुली अस्पतालमा र दुप्चेश्वरका संक्रमितको खरानीटार अस्पतालमा मृत्यु भएको स्वासथ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
Advertisement
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया