कोक, फ्यान्टा र स्प्राइटको भाउ बढ्यो, अब १ वोतलको कति ?
नुवाकोट । गर्मी बढेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ ।
गत शनिबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई देखाएर चीसो पेय पदार्थको मूल्य बढाईएको छ । तर, औपचारिक रुपमा मूल्य बढ्नुको कारण बजेट नै हो भनेर किटान भने गरिएको छैन ।
कति बढ्यो मूल्य ?
नेपाली बजारमा सबैभन्दा धेरै बिक्रि हुने कोकोकोला, फ्यान्टा र स्प्राइटको भाउ बढेको छ । कम्पनी आफैँले स्वघोषित रुपमा मूल्य बढाएका हुन् । वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले आफ्ना उत्पादनका भाउ बढाएका हुन् ।
शुक्रबार संयुक्त रुपमा एक सूचना जारी गर्दै वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले उत्पादनको भाउ बढेको जनाएका छन् ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ । यसअघि १४० रुपैयाँमा यी उत्पादन पाइन्थ्यो ।
कम्पनीले कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ तोकेको छ ।
त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आउनु अगाडीसम्म २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट २०० रुपैयाँ प्रति बोतलमा उपलब्ध हुँदै आएको थियो ।
कम्पनीले २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ वोतल) को मूल्य १ हजार ३५० रुपैयाँ तोकेका छन् ।
यो मूल्य आजैबाट लागू हुने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया