प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
नुवाकोट । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्।
बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो। पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका दोलखाका बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस माओवादी गठबन्धनसँग पराजित भएका थिए। कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
यसअगाडी काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको विवाद सर्वोच्च अदालतमा परेपछि किशोर श्रेष्ठ र गोपाल बुढाथोकी यसबीच कार्यवाहक अध्यक्ष बनेका थिए।
यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो । उनीहरुको कार्यकाल सकिएपछि आज बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई ४ बर्षको लागि काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया