बहादुरसिंह लामाद्धारा वेलकोटगढीको कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले वेलकोटगढी नगरपालिकाले स्थापना गरेको कोभिड अस्पताललाई आवस्यक सामाग्री प्रदान गर्नुभएको छ ।
कोभिड अस्पताललाई आवस्यक पर्ने तन्ना १५ थान, ब्ल्याङ्केट १५ थान, झुल १० थान, स्यानीटाइजर ५ लिटर, मास्क ५ सय थान, अक्सिमिटर १ थान, पिपिइ सेट २ थान लगायतका स्वास्थ्य सामाग्री नेता तामाङको सहयोगमा तरुण दल बिभाग जिल्ला सदस्य वावुराम तामाद्धारा प्रदान गरिएको हो ।
वेलकोटगढी नगरपालिकाले वडा नम्बर ८ मा अवस्थित जनसेवा आधारभूत विद्यालयमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोभिड अस्पतालमा रहने संक्रमितको मनोवल बढाउनुको साथै अस्पतालको बसाईलाई सुरक्षित बनाउन सहयोग पुराउने हेतुले ती समाग्री प्रदान गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य लामाले बताउनुभएको छ ।
यस्तै नगरपालिकाकोे नेपाली काङ्ग्रेसको सबै वडा इकाईलाई मास्क, स्यानिटाइजर लगायतका सामाग्री वडा इकाई सभापती मार्फत हस्तान्तरण गरिएको तरुण दल बिभाग जिल्ला सदस्य बाबुराम तामाङलेले जानकारी दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया