वाग्मती प्रदेश सरकारले पालिकालाई साढे ९ करोड दिने

नु्वाकोट । वाग्मती प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी बनाउन स्थानीय तहहरूलाई ९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
पछिल्लो एक साताको बीचमा यो रकम तोकिएका १ सय १९ स्थानीय तहलाई निकासा गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
यसअघि प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबारको बैठकले प्रदेशका सबै स्थानीय तहलाई ८ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका छन् । ‘उक्त रकम सम्बन्धित पालिकाको खातामा पठाइसकिएको छ,’ समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले भने, ‘कोरोना नियन्त्रणको कार्य छिटोछरितो अगाडि बढोस् भनेर निर्णय हुनेबित्तिकै रकम निकासा गरेका हौं ।’
यसबाहेक प्रदेश सरकारले आइसोलेसन वार्ड निर्माण र उपकरण खरिद गर्न सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिकालाई २० लाख, चितवनको राप्ती नगरपालिकालाई २० लाख, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई २० लाख र दोलखाको जिरी नगरपालिकालाई २० लाख गरी ८० लाख रुपैयाँ छुट्टै उपलब्ध गराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया