चीन सरकारले उपलब्ध गराएको अनुदानको खोप नेपाल आइपुग्यो
नुवाकोट । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको छ ।
१० लाख मात्रा खोपमध्ये ८ लाख चीन सरकारले उपलब्ध गराएको हो भने बाँकी २ लाख मात्रा चीन स्वशासित तिब्बतले उपलब्ध गराएको हो । चीन सरकारले उपलब्ध गराएको ८ लाख मात्रा खोप नेपाल वायुसेवा निगमको चार्टर्ड विमानले मंगलबार दिउँसो बेइजिङबाट सिधै काठमाडौं ल्याएको हो । निगमको विमान सोमबार राति बेइजिङ गएको थियो ।
त्यसैगरी, तिब्बतले उपलब्ध गराएको २ लाख मात्रा खोपमध्ये १ लाख ८ सय मात्रा चीनको कुन्मिङबाट हिमालयन एयरलायन्सको विमानले मंगलबार बिहान र बेलुका गरी दुईपटकमा ल्याएको हो । बाँकी ९९ हजार २ सय मात्रा खोप बुधबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनफिङसँग टेलिफोनमार्फत गर्नुभएको आग्रहअनुरूप चीनले १० लाख खोप अनुदानमा दिएको हो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले ती खोपमध्ये केही विमानस्थलकै कोल्ड रूममा र बाँकी टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने जानकारी दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया