धादिङमा आज थप ८१ जना कोरोना संक्रमणमुक्त, ३५ जनामा संक्रमण पुष्टि, एकको मुत्यु
नुवाकोट । आज धादिङका थप ८१ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ४४ पुगेको छ ।
धादिङका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ११, गल्छीका ६, गंगाजमुनाका ९, थाक्रेका ३, त्रिपुरासुन्दरीका १ र धादिङ्ग अस्पतालमा ५ गरेर जिल्लामा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ३५ जना मध्ये १४ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने २१ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो ।
यस्तै जिल्लामा थप एकजना पुरुषको मृत्यु भएको छ । संक्रमणबाट धादिङको थाक्रे गाउँपालिकाका ६५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
यससँगै जिल्लामा सक्रिय केश १ हजार ५६६ पुगेको छ । संक्रमित मध्ये १४ सय ५६ जना जिल्ला भित्र र ११० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ४०३ पुगेको छ । हाल धादिङ्ग अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १९ र होम आइसोलेसनमा १४१६ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २५ र होम आइसोलेसनमा ८५ रहेका छन्।
यस्तै आज आज गजुरीमा ७ स्वाब संकलन भएको छ । ४७ एन्टिजेन परिक्षण भएको छ । हाल जिल्लाभरका १८७ जनाको नतिजा आउन बाँकी रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया