धादिङमा आज थप ८१ जना कोरोना संक्रमणमुक्त, ३५ जनामा संक्रमण पुष्टि, एकको मुत्यु
नुवाकोट । आज धादिङका थप ८१ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ४४ पुगेको छ ।
धादिङका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ११, गल्छीका ६, गंगाजमुनाका ९, थाक्रेका ३, त्रिपुरासुन्दरीका १ र धादिङ्ग अस्पतालमा ५ गरेर जिल्लामा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ३५ जना मध्ये १४ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने २१ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो ।
यस्तै जिल्लामा थप एकजना पुरुषको मृत्यु भएको छ । संक्रमणबाट धादिङको थाक्रे गाउँपालिकाका ६५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
यससँगै जिल्लामा सक्रिय केश १ हजार ५६६ पुगेको छ । संक्रमित मध्ये १४ सय ५६ जना जिल्ला भित्र र ११० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ४०३ पुगेको छ । हाल धादिङ्ग अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १९ र होम आइसोलेसनमा १४१६ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २५ र होम आइसोलेसनमा ८५ रहेका छन्।
यस्तै आज आज गजुरीमा ७ स्वाब संकलन भएको छ । ४७ एन्टिजेन परिक्षण भएको छ । हाल जिल्लाभरका १८७ जनाको नतिजा आउन बाँकी रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया