प्रतिबन्ध छल्न भारतमा एकजोडीद्धारा आकाशमै बिहे
नुवाकोट । भारतमा एक जोडीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धबाट बच्न आकाशमै विवाह गरेका छन् ।
तामिलनाडु राज्यका एक जोडीले विमान चार्टर्ड गरी आकाशमा नै विवाह गरेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार तामिलनाडुमा कोरोना संक्रमण नियन्त्रणको लागि विवाहमा ५० जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । तर, उक्त जोडीले आकाशमा गरेको विवाहमा भने १६० भन्दा धेरै मानिसहरु सहभागी थिए ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा विवाह गर्ने जोडी र अन्य पाहुनाले विमान भरिएको थियो । भारतको हवाई नियामकले यो घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । भारतको हवाई उड्डयन निर्देशनालय (डीजीसीए)का एक अधिकारीले यो घटनापछि विमानमा एक कर्मचारीलाई कामबाट निलम्बन गरिएको बताएका छन् ।
स्पाईजेटका प्रवक्ताले भने बोइङ ७३७ विमान मादुराईबाट बैंग्लोरसम्मका लागि विवाहपछिको यात्राका लागि चार्टड गरिएको बताएका छन् । यद्यपि उनीहरुलाई स्पष्टरुपमा कोरोना नियन्त्रणको नियम पालना गर्न मापदण्डहरु बताइएको उनको भनाइ छ । साथै विमानमा कुनै पनि गतिविधिको लागि स्वीकृति नदिएको प्रवक्ताले बताए ।
अहिले भारतमा कोरोनाको दोस्रो लहर फैलिरहेको छ । भारतमा कोरोनाबाट तीन लाख ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यद्यपि विशेषज्ञहरु कोरोनाबाट मर्नेको वास्तविक तथ्यांक आधिकारिक तथ्यांकभन्दा धेरै भएको बताउँछन् ।
एजेन्सीहरुको सहयोगमा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया