बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

नुवाकोट । बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । उनकी तीन बर्षीया छोरी दिपिका वि.क. गम्भीर घाइते भएकी थिइन् ।
सोमबार साँझ घरबाहिर रहेको समयमा हात्तीले आक्रमण गर्दा आमाको घटनास्थलमै र छोरीको गम्भीर घाइते अवस्थामा उपचार गर्दागर्दै मृत्यु भएको बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडि बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया