विदाको सदुपयोग गर्दै नुवाकोटको मान्द्रे ढुङ्गामा पठन मेला,सयौं विद्यार्थीले सहभागि
नुवाकोट, वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् ।
विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सान्नानी सापकोटाले बताउनुभयो । रुम टु रिडको सहयोगमा आयोजना भएको एक दिने पठन मेलामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकसमेत गरी ३००जनाको सहभागिता थियो ।
पठन मेलामा स्वतन्त्र पढाइ, सस्वर पढाइ, अक्षर अनुच्छेद लेखन र पढाइ दौड प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । स्वतन्त्र पठन प्रतियोगितामा जल्पादेवी माविका कक्षा चारका छात्रा भूमिका चालिसेले ४३ सेकेन्डमा १०४ शब्द पढेर प्रथम हुनुभयो भने सोही समयमा ९४ शब्द भएको पुस्तक पढेर आयूष प्याकुरेल द्वितीय हुनुभयो । अनुच्छेद लेखन प्रतियोगितामा चार मिनेट समयमा सबैभन्दा शुद्ध र राम्रा अक्षर लेखेर मान्द्रेढुंगा आधारभूत विद्यालयकी कमला राई प्रथम हुनुभयो ।

पढाइ दौड प्रतियोगितामा मान्द्रेढुंगाकै कक्षा ४ का छात्रा सन्जिता राई पहिलो हुनुभयो । विजयी विद्यार्थीलाई रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी र रुम टु रिडका वरिष्ट कार्यक्रमसहायक वटुराम भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो । (रासस)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया