कोरोनाका कारण रोकिएका परीक्षा साउनमा गर्ने त्रिविको तयारी
नुवाकोट । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ।
लामो समयदेखि परीक्षा रोकिएकाले विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो।
जेठ २० गतेसम्म परीक्षा फाराम भराउने बताउँदै परीक्षा नियन्त्रक पुष्पराज जोशीले छुट भएका विद्यार्थीलाई अनलाइनबाटै फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिए। केही दिनभित्रै परीक्षाको कार्यतालिका प्रकाशन गरिने उनको भनाइ छ।
हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुई वटा समूह अध्ययनरत छन्। पुरानो प्रथम वर्षका विद्यार्थीले अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसके पनितर परीक्षा हुन सकेको छैन।
यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ। मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ।
परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ। वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले बताए।
विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस या नजिकको पायक पर्ने क्याम्पसबाट परीक्षा लिने विकल्पका बारे समेत छलफल भएको त्रिविले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया