कोरोना उपचारका लागि एकै वडाबाट दशलाख बजेट

नुवाकोट । बिकास बजेटको रकमलाई कटौती गर्दै इलाम नगरपालिकाको एकै वडाले कोरोनाको उपचार तथा रोकथामका लागि अस्पताललाई लाखौं रुपैंयाँ बजेट बिनीयोजना गरेको छ ।
इलामनगरपालिका वडा नम्बर ७ ले बिकास बजेटलाई कटौती गरेर कोरोनाको उपचार तथा रोकथामका लागि इलाम अस्पताललाई दशलाख रुपैंयाँ बजेट बिनीयोजन गरेको हो ।
वडाध्यक्ष नरेश श्रेष्ठले कोरोना संक्रमितको उपचारलाई सहज बनाउनका लागि इलाम अस्पताललाई आफ्नो वडाको तर्फबाट १० लाख रुपैयाँ बिनीयोजन गरेको बताउनुभयो । स्रोत साधन र जनशक्तिको अभावमा इलाम अस्पतालमा उपचार प्रभावकारी बन्न नसकिरहेको बेला वडाको यो निर्णयलाई इलामबासीले स्वागतयोग्य कदम भनेका छन् ।
महामारीका कारण योजनाको काम गर्नु समस्या भएको र यतिबेला योजनाभन्दा महामारी नियन्त्रण र विरामीको उपचारलाई प्राथमिकता दिनुपर्ने भएकाले अस्पताललाई उक्त रकम बिनीयोजना गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यता कोरोना संक्रमितहरुका लागि आउने सहयोगलार्ई पारदर्शि रुपमा परिचालन गर्न इलाममा स्थापित कोभिड व्यवस्थापन राहत कोष मार्फत इलाम अस्पताललाई ६ लाख रुपैंयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तातरण गरीएको छ ।
कोरोना महामारीका क्रममा देश विदेशमा रहेका दाताहरुबाट आर्थिक संकलन गरी स्वास्थ्य सामाग्री खरदि गरेर अस्पताललाई उपलब्ध गराएको कोष परिचालन समितिका निरोज खड्गीले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया