कोभिड-१९ विरुद्ध लड्न न्यूजिल्यान्डले नेपाललाई साढे ११ करोड रुपैयाँ सहयोग गर्ने
विदुर खबर
२०७८ जेठ ७ गते १२:३०
नुवाकोट । न्यूजिल्यान्डले नेपाललाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि १० लाख डलर ( करिब ११ करोड ६० लाख नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ।
न्यूजिल्यान्डकी विदेश मन्त्री नानाइ महुताले ट्वीट गर्दै युनिसेफ मार्फत नेपाललाई स्वास्थ्य चुनौती सामना गर्न सहयोग गर्ने बताएकी हुन्।
साथै उनले नेपाल र न्यूजिल्यान्डको सम्बन्ध सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको समयदेखि विशेष रहँदै आएको उल्लेख समेत गरेकी छिन्।
सम्बन्धित
प्रतिक्रिया