पञ्चकन्याबाट चोरिएको सामाजिक सुरक्षाको ५३ लाख कहा पुग्यो
नुवाकोट । पञ्चकन्या गाउँपालिकाको वडा नं.– २ को वडा कार्यालयबाट हराएको ५३ लाख नगद ४५ दिन बितिसक्दा पनि चोरीमा संलग्न व्यक्ति पत्ता लागेको छैन ।
चोरीमा संलग्न व्यक्तिको पहिचान नहँदा वडावासीले उक्त हराएको रकम हराइरहने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । कोरोनाको महामारी फैलिएसँगै उक्त घटना ओझेलमा परेको छ ।
गत ०७७ चैत २४ गते सामाजिक सरक्षा भत्ता वितरण गर्न बैंकबाट नगद झिकेर वडा कार्यालय कविलासको मिश्रगाउँमा राखेको अवस्थामा राति चोरी भएको थियो । वडा नं.२ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि बैंकबाट ल्याएको ५० लाख र वडामा राजस्वलगायत अन्य रकम तीन लाख गरी ५३ लाख हराएको वडाध्यक्ष धव मिश्रले जानकारी दिएका छन् ।
उनले भने, गेटको ताला, कार्यालयको मख्य ढोकाको ताल्चा र पैसा राखेको दराजको कोठा र ताल्चा खोलेर पैसा निकालेको देखियो । ताल्चा फोर्न ढोकामा पहार गरिएको दाग नदेखिएको, ताल्चा पनि फेला नपरेकाले घटना शब्कास्पद रहेको र वडा कार्यालयसँग रामोसँग परिचितबाट घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
वडामा रहेको सिसिटिभी रेकर्डमा मास्कसहित पूरा ज्यान ढाक्ने लगा ु लगाएको मानिसले आठ–दश मिनेटमै पैसा निकालेर लगेको देखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले वडासचिव सरिता रावत,कार्यालय सहायक रामकुमार गिरी रकार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
पहरीले तीनजनालाई सरकारी रकम सुरक्षा व्यवस्थामा सावधानी नअपनाएको भनी अपराध विश्वासघात मद्दामा अदालतमा पेस गरेको छ । प्रहरीले तीनजनालाई अदालतमा पेस गरेर अनुसन्धान जारीराखेको छ । सरकारी धनमाल जिम्माजमानीमा राखेर न्यूनतम सरक्षा प्रदान गर्न नसकेकोमा वडाका तीनजना कर्मचारीदोषी ठहरिएका हुन् । उनीहरूले पैसा झिकेर बैंकबाट लगेको देखिन्छ, वडा कार्यालयको दराज खोलेर पोको राखेकोदेखिन्छ, तर नगद नै राखेको र नराखेको विश्वस्त हन प्रहरी सकेको छैन ।
प्रहरीले वडा कार्यालयमै पैसा आइपुग्यो कि आइपगेन, किन एकैचोटि यति ठूलो रकम झिकेको, अरूलाई पैसा राखेको जानकारी नगराएको विषयमै केन्दित रहेर अनुसन्धान गरिरहेको छ । अदालतले सचिव सरिता रावतलाई तीन लाख धरौटीमा छाडेको छ भने कार्यालय सहायक रामकमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई कोरोना सक्रंमण भएपछि त्रिशूली अस्पतालको कोरोना वार्डमा उपचार गराइरहेका छन् ।
गाउँपालिकाले चाँडो सामाजिक सुरक्षाको व्यवस्थापनका लागि सघींय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको छ । सामाजिक सरक्षा भत्ता वितरणका लागि बैकल्पिक व्यवस्था के हुन सक्छ भनेर पालिकाले मन्त्रालयलाई पत्रचार गरेकोमा मन्त्रालयबाट कुनै जानकारी निर्देशननआएको पम्रख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताए ।
प्रहरीको अनुसन्धान र अदालतको प्रक्रिया अगाडि बढिरहेकाले चोरीघटनामा संलग्न पत्ता लगाउन अझै केहीसमय लाग्ने गाउँपालिकाको अध्यक्ष तेज (रमेश)बहादर लामाले जानकारी दिए ।
वडा कार्यालयको ताला फटाएरभन्दा पनि साँचोमार्फत ताला खोलेर रकम भिकेर लगेको घटनास्थलमा देखिएकाले चोरीमा संलग्न व्यक्ति कार्यालयसँग सम्बन्धित हुन सक्ने स्थानियले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा बाढी प्रभावित विद्यार्थीलाई साढे १५ लाख सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने





प्रतिक्रिया