अक्सिजनको कालोबजारी गर्ने नुवाकोटका रामकृष्ण घिमिरे पक्राउ
विदुर खबर
२०७८ जेठ ५ गते २०:४४

नुवाकोट । प्रहरीले अक्सिजन ग्यासमा कालो बजारी गर्ने नुवाकोटका एकसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् ।
उनीहरुलाई अक्सिजन ग्यासको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने गरेको गोप्य सूचनाको आधार प्रहरीले पक्राउ गरेको थियो । १५ हजार मूल्य पर्ने भरिएको सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।
उनीहरुलाई कालो बजार र सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भईरहेको जानकारी महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया