तादी गाउँपालिकाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु

विदुर खबर २०७८ जेठ ५ गते १४:३१
corona death

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका एकजना कोरोना संक्रमितको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षिया एक बृद्ध रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

उनी यहि वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएसँगै त्रिशुली अस्पताल भर्ना भएका थिए । उनको मंगलवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया