नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ ५ गते १३:३२
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षिया बृद्ध रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
उनी कोरोनाको कारण गत बैशाख २२ गते त्रिशुली अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । उनको मंगलवार राती मृत्यु भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
उनको अवस्था जटिल रहेको भन्दै आइसियु र भेन्टिलेटर सहितको कक्षमा उपचार गरिरहेको थियो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणमा मृत्यु हुनेको संख्या १३ पगुेको छ ।
Advertisement
यस्तो छ त्रिशुली अस्पतालको विज्ञप्ती ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया