भारतमा गोबर दलेर कोरोना भगाउने कोसिस
नुवाकोट । भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् ।
यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ र कुनै पनि हालतमा संक्रमण हुँदैन ।
समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल बनाउँछन र लाइन बसेर जीउभरी गोबरको घोल दल्छन् । गोबर दलेपछि यो समूहले गाइलाई पुजा गर्छन र योगा पनि गर्छन् ।
‘डाक्टरहरु पनि यहाँ आउँछन, उनीहरुको बिश्वास छ कि यो उपचार विधिले उनीहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।’ गौतम मनिलाल बोरिसा नामका एक सहभागीले दावी गरे । एउटा औषधि कम्पनीमा काम गरिरहेको गौतमको दावी छ कि यही बिधिको उपचारले गर्दा उनी गत बर्ष कोरोना लाग्नबाट बचे ।
डाक्टर तथा बिज्ञहरुले पटकपटक यस्ता वैकल्पिक उपचार बिधिले झन खतरा निम्त्याउने भन्दै चेतावनी दिइरहेका छन् । आफ्नो शरिरमा रोग प्रतिरोधी क्षमता रहेको भ्रममा पर्दा बेलैमा कोरोनाको उपचार हुनबाट बञ्चित हुने भन्दै चिकित्सकहरुले यस्ता कार्यप्रति चिन्ता जनाइरहेका छन् ।
गौमुत्र र गोबरबाट कोरोना प्रतिरोधी क्षमता बढ्ने भन्दै भारतीय गाउँहरुमा यसको प्रयोग भइरहेका घटनाहरु बाहिर आएका छन् । उत्तर प्रदेशका भारतीय जनता पार्टीका एक सांसदले गौमुत्र पिएर आफुलाई अहिलेसम्म कोरोना नलागेको दाबी गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया