साना लगानीका संचारमाध्यमलाई उद्योगमा समेट्न माग
नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले साना र स्वरोजगारमूलक लगानीका संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ ।
बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र संचालित साना र स्वरोजगारमूलक लगानीका संचारमाध्यमलाई उद्योगमा समेटेर सोहि रुपमा विकासका लागि प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न माग गरेको हो । महासंघका अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल समक्ष प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र सयौं संचारमाध्यम जो साना लगानीमा स्वरोजगारमूलकका रुपमा संचालन भइरहेका छन्, त्यस्ता संचारमाध्यम दीर्घकाल संचालनका लागि प्रदेशले उद्योगमा समेट्नुपर्ने माग राखे ।
उनले मन्त्रीद्वय समक्ष प्रदेशका अधिकांश संचारकर्मी साना लगानीका संचारमाध्यममा निहित हुनुपर्ने अवस्था कायम रहेकोले उद्योगका रुपमा समेटेर प्रदेश सरकारले विभिन्न किसिमबाट तत्काल सहयोग उपलब्ध गराउनुपर्ने बताए । अध्यक्ष देवकोटाले हाल प्रदेशभित्र सयौं साना लगानीका मिडियामा करोडौं लगानी भएपनि दीर्घकाल संचालन गर्न सक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायीमा पर्दै आएको मन्त्रीद्वय समक्ष जानकारी गराए । साना लगानीका संचारमाध्यमलाई उद्योगका रुपमा समेट्ने मात्र नभइ आवश्यक सामाग्री खरिदका लागि सहुलियतपूर्ण ऋण प्रवाहका योजना अघि सार्नुपर्ने महासंघले माग गरेको छ ।
महासंघले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा संचारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनबृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्ताव पत्र पेश गरेको छ । प्रस्ताव पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले संचारमाध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताए ।
उनले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनलाई प्राथमिकतामा राख्न आफु तयार रहेको धारणा राखे । उनले संचारमाध्मयलाई उद्योगका रुपमा विकास गर्नसके संचारकर्मीको दीर्घकालीन विकासमा टेवा पुग्ने हुनाले त्यसतर्फ सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्दै यसबारे नीतिगत निर्णय गर्न आफु तयार रहेको बताए ।
यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ । महासंघका अध्यक्ष देवकोटाले मन्त्री बस्नेतसमक्ष प्रस्ताव पत्र पेश गर्दै मन्त्रालयले तत्काल पहिलो डोज कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग गरेका छन् ।
महासंघले स्नातक र स्नात्तकोत्तर अध्ययन गर्न चाहने पत्रकारका लागि अगामी आर्थिक वर्षबाट छात्रबृत्ति व्यवस्था गर्नसमेत माग गरेको छ । मन्त्री बस्नेतले महासंघले पेश गरेको प्रस्तावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न आफ्नो तर्फबाट मन्त्रिपरिषद्मा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्रालयहरुमा पुगेको महासंघको डेलिगेशनमा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्णसारु मगरको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया