त्रिशुली अस्पतालमा कोभिड सम्बन्धी हटलाईन सेवा सञ्चालनमा
नुवाकोट । कोभिड-१९ सम्बन्धि हटलाईन सेवा लिनको त्रिशुली अस्पताल (जिल्ला)ले आजदेखि हटलाईन सेवा सुरु गरेको छ ।
सोमबार अस्पतालले एक सूचना जारी गर्दै अस्पतालले सोमबार एक सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ प्रकारको कोभिड-१९ को सङ्क्रमण नुवाकोटमा बढ्दो क्रममा रहेको र यसै त्रिशुली अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत कोभिड सङ्क्रमण देखिएको भनिएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत देवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भएको छ “प्रशासनले मङ्गलबारदेखि जिल्लामा निशेधाज्ञा समेत जारी गरिसकेको हुदाँ कोभिड-१९ सङ्क्रमणले सृजन भएको जटिल परिस्तिथिलाई मध्यनजर गर्दै कोभिड सङ्क्रमणबाट कुनै पनि समस्या भएको खण्डमा अस्पतालको कोभिड सम्बन्धि हटलाईन सेवा लिनको लागि अस्पतालको कोभिड हटलाईन नम्बर ९७४२-५५६५१८ मा सम्पर्क गरी स्वास्थ्य परामर्श सेवा लिन सकिने छ।”
साथै एम्बुलेन्स सम्बन्धि सेवा लिन अस्पतालको एम्बुलेन्स चालक नम्बर ९७४२-५५६५३० मा सम्पर्क गरी एम्बुलेन्स सेवा समेत लिन सकिने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया