लकडाउनको कारण २ लाखले काठमाण्डौ उपत्यका छाडे
नुवाकोट । कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै सरकारले राजधानी उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएपछि तीन दिनभित्र २ लाखभन्दा बढीले राजधानी छाडेका छन् ।
सरकारले वैशाख १६ बाट अत्यावश्यक सेवाबाहेक अन्य सेवामा रोक लगाउने निर्णय गरेपछि गाउँ फर्कनेको लर्को लागेको हो । राजधानीबाट बाहिर जाने नाकामा अत्यधिक भीड लागेको थियो भने सामाजिक दूरी कतै पनि कायम भएको देखिएन । अघिल्लो लकडाउनका कारण आत्तिएका सार्वसाधारण फेरि लकडाउन शुरु हुने भएपछि आत्तिएर आफ्नो थातथलो फर्कने थालेका हुन् ।
बुधबार बिहान कलंकी र कोटेश्वर भएर देशका बिभिन्न भागमा जानेको संख्या बढेपछि ट्राफिक जाम अत्यधिक बढेको थियो । जसको कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको भएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।राजधानीबाट बाहिरिनेहरूको अवस्था हेर्दा निकै दर्दनाक देखिएको छ ।
स–साना नानीहरू च्यापेका आमाहरू सवारीसाधनमा प्रवेश गर्न तँछाडमछाड गरिरहेका थिए भने कतिपयचाहिँ काठमाडौं नफर्कने गरी झिटीगुन्टा बोकेर हिँडेका दृश्यले भावविह्वल बनाउने खालको थियो ।गोंगबु बसपार्कमा भेटिएका बाग्लुड रिघाका किशोर श्रीसले रोग भोक र त्रास बोकेर काठमाडौं बस्नुभन्दा आफ्नै गाउँमा मीठो मसिनो जे छ त्यही खाउँला भनेर गाउँ फर्कन लागेकोे बताउनुभयो । बिहीबारबाट आफूले काम गर्दै आएको कार्यालय बन्द हुने भएपछि काठमाडौं बस्नुभन्दा गाउँं नै जानु उचित लागेको उहाँले बताउनुभयो ।
अघिल्लो लकडाउनका कारण मारमा परेका नेपालीहरू पहिलेको जस्तै नियती भोग्नु नपरोस् भनेर गाउँ फर्कन लागेको झापा शताक्षीधामका विवेक आचार्यले बताउनुभयो । उहाँले अघिल्लो लकडाउनले मलाई राम्रोसँग पाठ सिकाएकाले यसपटक पुरानो गल्ती नदोहोरियोस् भनेर श्रीमती र दुई छोराछोरीसहित गाउँ फर्कन लागेको बताउनुभयोे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया