निषेधाज्ञा भएपनि सिइडिबी हाइड्रोको आईपिओ नरोकिने

विदुर खबर २०७८ वैशाख १४ गते १२:०५

नुवाकोट ।काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएपनि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपिओ पूर्व निर्धारित मिति मै निष्काशन हुने भएको छ । सिडीएस एण्ड क्लियारिङले आईपिओ नरोकिने जनाएको हो । 

Advertisement

आईपिओमा  मेरोशेयर मार्फत अनलाइन माध्यमबाट आवेदन दिन सकिने र बैंकहरु पनि खुला नै रहने भएकोले आईपिओ नरोकिने सिडीएसले जनाएको हो । सिडीएसका अनुसार पछिल्लो समय ८० प्रतिशतले मेरोशेयर अनलाइन मार्फत आईपिओ भर्ने गरेका छन् । 

सिइडिबी हाइड्रोले बैशाख १७ देखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहौर्को लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले छिटोमा वैशाख २१ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

Advertisement

कम्पनीको जारी पुँजी ८३ करोड ९३४ लाख रहेको छ ।  आईपिओ निष्काशनपछि चुक्ता पुँजी ८३ करोड ९४ लाख पुग्ने छ ।  कम्पनीको अधिकृत पुँजी डेढ अर्ब रहेको छ ।  

कम्पनीको ४ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् भने ३ वटा आयोजना निर्माण सम्पन्न भई संचालनमा छन् । 

प्रतिक्रिया