नुवाकोटका ६ महिलामा कोरोना संक्रमण पुष्टि
नुवाकोट । नुवाकोटका ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८९ जनाको पिसिआर परिक्षण हुँदा ६ जना महिलासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
संक्रमितमध्ये ४ महिला विदुर नगरपालिकाका छन् भने २ पुरुष किस्पाड गाउँपालिकाका रहेका छन् । यस्तै एक महिला बेलकोटगढी नगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५३ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये ५० जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
आज जिल्लामा ७ जना कोरोना संक्रमितको संख्या थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार ९ सय ९९ पुगेको छ । संक्रमितमध्ये एकहजार एकसय ४५ जना निको भएर घर फर्किएका छन् ।
नुवाकोटमा करिव १० हजार जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ । कोभिडका कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया