नेपालमा एकैदिन थपिए १०१५ कोरोना संक्रमित, आठ जनाको मृत्यु
नुवाकोट । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १५ कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङअनुसार नेपालमा आजसहित कुल संक्रमितको संख्या दुई लाख ८४ हजार ६ सय ७३ पुगेको छ। पाँच हजार ८४ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार १५ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामै दुई सय ६२ जना संक्रमणमुक्त भएका छन्। यससँगै कुल संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७५ हजार तीन सय पुगेको छ। यो भनेको कुल संक्रमितको ९६।७ प्रतिशत हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। योसहित कुल मृत्यु तीन हजार ८३ पुगेको छ। हाल नेपालमा ६ हजार दुई सय ९० जना आइसोलेसनमा रहेका छन् भने ८५ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै कूल संक्रमितमध्ये ११२ जना बालबालिका मात्रै रहेको पनि मन्त्रालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया