प्रदेश सरकारले रसुवाको टिमुरेमा नयाँ शहर बनाउने,२७ सहरको पूर्वाधार बनाउन २ खर्ब खर्च गर्लान प्रदेशले ?
नुवाकोट, प्रदेश नं ३ को सरकारले रसुवाको टिमुरे र दोलखा जिरीमा नयाँ शहर बनाउने भएको छ । नयाँ सहर बनाउने जिम्मा चालू आर्थिक वर्षबाट प्रदेश सरकारले पाएका छन । सरकारले आव २०६७/६८ बाट र हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा १०/१० वटा, तराई–मधेस क्षेत्रमा पाँचवटा, सुर्खेतको भेरीगंगा र प्युठानको भिङ्गीमा १/१ गरी २७ वटा नयाँ सहर बनाउने गरी ल्याएको योजना सबै प्रदेश मातहत हस्तान्तरण गरेको छ ।
नयाँ सहर विकास आयोजना कार्यान्वय कार्यालयका प्रमुख पराग कायस्थका अुनसार अनुसार सरकारले एक लाख जनसंख्यालाई सेवा दिने गरी ल्याएको यस योजनाले व्यवस्तिथ बस्ति बसाल्ने र आवश्यक सेवा सुविधा एकै ठाउँमा दिए पुग्ने अवधारणबाट ल्याएको हो । यो योजना कार्यान्वयन भएको अवस्थामा छरिएर रहेको बस्ति एकीकृत हुने र सरकारी सेवा सुविधा प्रदानमा थप सहजता हुने पनि उल्लेख छ । संघीय सरकारले आगामी १५ वर्ष भित्रै विभिन्न स्थानमा २७ वटा नयाँ सहर निर्माण गर्न करिब दुई खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्र्नुपर्ने उल्लेख गरेको छ । अब यो रकम खर्च गरेर सहर बनाउने जिम्मा प्रदेश सरकारकै भएको छ ।
सरकारले प्रत्येक नयाँ सहरको पूर्वाधारका बनाउन न्युनतम आठ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । नयाँ सहर विकास आयोजना समन्वय कार्यालयका अनुसार नयाँ हालसम्म घोषणा भएका पालुङटार, लुम्बिनी र निजगढमा बनाइने स्मार्ट सिटी बाहेकको सबै पूर्वघोषित नयाँ सहर सम्बन्धित प्रदेशको जिम्मामा पुगेको छ । अब संघीय सरकाले पछिल्लो पटक घोषाणा भएको र चालू आवका लागि कार्यान्वयन गर्नु सुरु भएका विभिन्न ११ वटा हिमाली जिल्लामा १६ वटा नयाँ स्थानमा विकासको काम गर्ने भएको छ । यो सहर भने ‘हिमाली ट्रान्स ट्रायल सहर’ का नाममा रहेको र विभिन्न प्रदेशमा पर्ने भएकोले हाललाई संघीय सरकारले नै अगाडि बढाउन थालेको हो ।
प्रदेश अनुसार घोषणा भएका हिमाली सहरमा प्रदेश १ मा सोलुखुम्बुको लुक्ला, संखुवासभाको नुङ भ्याली र किमाथांका, ताप्लेजुङको फुङलिङ, घुन्सा र ओलाङ्चुङ गोला परेको छ । प्रदेश २ मा तराई मधेशका ५ सहर र हुलाकी राजमार्गका सहर पनि परेका छन् । यसमा पूर्वघोषित सहर नै परेका छन् । पाँच नम्बरमा पनि प्युठानको भिङ्गी रहेको छ । यो पनि पूर्व घोषित सहर नै हुन । नयाँ घोषणा भएको सहरमा ३ नम्बर प्रदेशमा रसुवाको स्याफ्रुबेसी र दोलखाको जिरी रहेको छ । प्रदेश ४ अर्थात गण्डकी प्रदेशमा मुस्ताङको जोमसोङ र कागबेनी, मनाङको चामे रहेको छ । कर्णाली प्रदेशमा हुम्लाको सिमिकोट, मुगुको गमगडी, डोल्पाको दुनै छ भने ७ प्रदेशमा बाजुराको मार्तडी र कोल्टीमा नयाँ सहर बनाउने गरी स्थान छनोट भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया