राष्ट्रिय वाणिज्य बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक लाइट दियो

नुवाकोट । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट(बत्ती) हस्तान्तरण गरेको छ ।
बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमबीच संचालनमा ल्याइएको छ । नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्तरूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनिकरणमा समेत सघाउ पुग्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया