सिंगटी हाइड्रोको आईपीओ भोलि बाँडफाँड
नुवाकोट । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ।
आईपीओ बाँडफाँड बिहान ११ बजे धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा हुनेछ।
सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
मेगा क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ। ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ।
यो हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमध्ये भाग्यमानी २ लाख ६९ हजार ७०० ले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १३ लाख ५४ हजार ७८३ आवेदकको हात खाली हुने भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया