तीन दिनभित्रै पार्टी एकता र सरकारलाई पूर्णता : पोखरेल
काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले-माओवादी केन्द्रबीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् ।
आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले तीन दिनभित्र पार्टी एकता हुने र सरकारले पनि पूर्णता पाउने बताएका हुन् ।
उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो, माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन, अबको तीन दिनभित्रै दुईपार्टीवीच एकता हुन्छ, र सरकारले पनि पूर्णता पाउँछ ।’
पोखरेलले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे, ‘हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आहृवान गरिरहेका छौं ।’
माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुंगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरु पनि सरकारमा सहभागी हुने स्पष्ट पारे । खनालले भने, ‘अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुंगोमा पुर्याउने गरी छलफल भइरहेको छ ।’
संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरुको माग संबोधन भए सरकारमा जाने बताए । श्रेष्ठले भने,’हामी सरकारमा सहभागी हुनको लागि खुल्ला छौं, तर हाम्रा माँग र मुद्दाबारे सरकारको प्रतिबद्धता जाहेर हुनुपर्छ, राष्ट्रिय एकता कायम होस् भन्ने हाम्रो चाहना हो ।’
राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन तत्काल हुनुपर्छ, अहिलेको जनमत पनि त्यही हो, जबसम्म संशोधन हुँदैन तबसम्म हामी सरकारमा जाने सवाल छैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया