पत्रकार महासंघ नुवाकोटमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
विदुर खबर
२०७७ चैत २५ गते ८:३३
नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
विदुरको इलम प्रशिक्षण केन्द्रमा आज बिहान ९ बजेदेखि ४ बजेसम्मका लागि मतदानको समय तय गरिएको छ । मतदान सकिएपछि आजै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।
महासंघ नुवाकोटको अध्यक्षमा कपिलदेव खनाल र नारायण नेपालले उम्मेद्धवारी दिएका छन् । यस्तै उपाध्यक्षमा नवदिप श्रेष्ठ र नमराज सुवेदीको उम्मेद्धवारी परेको छ । अध्यक्ष, २ जना उपाध्यक्ष, सहसचिव, कोषाध्यक्षसहित १७ पदमा निर्वाचन हुन लागेको हो ।
नुवाकोटमा एक सय ७४ मतदाताले मतदान गर्न पाउनेछन् । निर्वाचनमा बिभिन्न दल निकट संघ, संस्था प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया