कांग्रेस ओली सरकारको विकल्प खोज्न तयार : डा. महत
 
		
	नुवाकोट । आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति जुटाउन खासै अग्रसरता देखाएका छैनन् ।
५ पुसमा संसद विघटन भएपछि मध्यावधि चुनावको पक्षमा देखिएका उनीमाथि अहिले पनि त्यो आरोप लाग्ने गरेको छ । तर उनीनिकट मानिएका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने त्यो मान्न तयार छैनन् । यो सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको भन्दै उनले भने, ‘अहिले ओलीले जसरी राज्य संयन्त्रलाई कब्जा गर्ने कोशिश गरेका छन् त्यसबाट भोलि चुनावलाई प्रभावित गर्ने कोशिश हुनसक्छ । कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने भोलि चुनाव स्वतन्त्र र निष्पक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि खासगरी जसपा आउनुपर्छ ।’
ओली सरकारको विकल्प चाहेको हो भने अरू मुद्दा छाडेर पनि जसपा आउनै पर्ने उनको तर्क छ । यद्यपि अदालतमा विचाराधीन रेशम चौधरीको विषय बाहेक अरू मुद्दालाई नयाँ सरकार बनेपछि सम्बोधन गर्न तयार रहेको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया