आज होली, हर्षोल्लासपूर्वक मनाइँदै
नुवाकोट । आज फागूपूर्णिमाको दिन पहाडी भेगमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदै छ।
काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ। तराईमा भोलिमात्रै होली मनाइन्छ।
फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ।फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन्। होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।
काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरुभएको मानिन्छ। होलीपर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ। तर तराईका थारु समुदायमा होली तीनदिनसम्म मनाइन्छ ।
अझ कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु र कठरिया समुदायले करिब पन्ध्रदिनसम्म होली धुमधामकासाथ मनाउने गर्छन् । होली पर्व सदभावको पर्व हो, वैरभाग नराखी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया