कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
नुवाकोट । प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नैतिकताको प्रश्न उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रजीनामा दिनु पर्ने माग राखेको छ ।
बैठकमा कांग्रेस नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिनु नैतिक दायित्वमा पर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।
‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ खाँडले भने ।
त्यस्तै, ओेली नेतृत्वको सरकार बनेदेखिनै निरन्तर रुपमा संविधानमाथि प्रहार हुँदै आएको बताउँदै खाँडले भने,’यो सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्दै आएको थियो । लोकतान्त्रिक व्यवस्थामा संसदबाटै सरकार बन्छ, सरकारले नै संसद, संविधानको रक्षा गर्नुपर्नेमा सरकार बनेकै दिनदेखि बिचार अभिव्यक्तिको स्वतन्त्रतालाई यो सरकारले प्रतिबन्ध लगाउने काम सुरु गर्यो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया