नेपाली काँग्रेस (वी पी) नुवाकोटद्धारा आगलागी पीडितलाई राहत वितरण
विदुर खबर
२०७७ चैत ६ गते ८:१५
नुवाकोट । नेपाली काँग्रेस (वी पी) नुवाकोटले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
गत फागुन २२ गते घरमा आगलागी भई खाद्यान्न तथा लत्ताकपडा लगाएत सबै सामाग्री जलेर नष्ट भएका शिवपुरि गाउँपालिका वडा नम्बर ३ लिखु मैदानका नतुर तामाङलाई राहात वितरण गरिएको हो । हालसम्म पीडित परिवारलाई स्थानीय सरकार तथा कतैबाट पनि राहत वितरण नभएकोले उनलाई सहयोग गरिएको नेपाली काँग्रेस (वी पी) नुवाकोटले जनाएको छ ।
हालसम्म आफुलाई कसैले पनि राहात वितरण नगरेको पीडित नतुर तामाङले बताए । राहात वितरण गर्न नेपाली काँग्रेस (वी पी) जिल्ला कार्यसमिति नुवाकोटका सभापति श्यामबहादुर गुरुङ आफै पिडितको घर पुगेका थिए ।
नेपाली काँग्रेस (वी पी) जिल्ला कार्यसमिति नुवाकोटका सभापति श्यामबहादुर गुरुङले उनकै घरमा पुगेर खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया