पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै शुक्रबार नुवाकोट बन्दको घोषणा
विदुर , आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाली काङ्ग्रेसले भोली नुवाकोट बन्द आब्हान गरेको छ । आज बिहान आफ्ना तीनजना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित काङ्ग्रेसले जिल्ला बन्द गर्ने घोषणा गरेको हो ।
काङ्ग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारी द्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइए अनुसार विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करको विरोधमा नेपाली कांग्रेस निकट विभिन्न भातृ संघसंगठनहरुले बिहिबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन जाँदा कार्यकर्तामाथी धरपकड भएको र आज आफ्ना कार्यकर्ता पक्राउ भएको बिरोधमा नुवाकोट बन्द घोषणा गर्दछौं भनिएको छ।

सचिव अधिकारीद्वारा जारी विज्ञप्तीमा प्रहरीले विनाकारण झुठो आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको आरोप लगाइएको छ । बन्द आफ्नो रहर नभई बाध्यता रहेकोले भोली एक दिन यातायत, बिधालय, उधोग, कलकारखाना बन्द गरी सहयोग गरिदिनुहुन आग्रह गरिएको छ । विदुर नगरपालिकामा ढुङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी संघ नुवाकोटका नेता नवराज सुवेदी, उत्सव श्रेष्ठ र निरज चित्रकार आज बिहान पक्राउ परेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया