दिल्लीमा कोठी चलाउने नुवाकोटको एक महिला पक्राउ
नुवाकोट । आमाको मृत्युलगत्तै बाबुले अर्को बिहे गरेपछि काभ्रेकी १५ वर्षीया माया (नाम परिवर्तन) ले बौद्धस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम थालेकी थिइन् ।
थोरै तलब र धेरै कामको चापले आत्तिएका बेला उनलाई एक चिनेजानेकै मान्छेले चितवनको एउटा साहूको घरमा काम मिलाइदिने आश्वासन दिए । तिनै मान्छेको साथ लागेर चितवन जान हिँडेकी मायालाई बेहोस पारेर दिल्ली पुर्याएपछि उनका नारकीय जीवन सुरु भयो ।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा मायाले दिएको जाहेरीअनुसार ती मान्छेले उनलाई नयाँदिल्लीको मजनुका टिलास्थित घरमा पुर्याएका थिए । घरवाली सीता र चमेलीवाई पनि भनिने रुकमाया तामाङले आफूलाई कोठीमा लगेर जबर्जस्ती यौन धन्दामा लगाएको व्यहोरा मायाले जाहेरीमा उल्लेख गरेकी छन् । उनका अनुसार ६ महिनाभन्दा बढी त्यस्तो काममा संलग्न गराएपछि सीताले उनलाई नेहा तामाङ सञ्चालक रहेको अर्को कोठीमा बेचिदिएकी थिइन् । नयाँ कोठीमा छँदा प्रहरीले छापा मारेपछि उनको उद्धार भएको थियो ।
ब्युरोका अनुसार दिल्लीस्थित महिला आयोग, क्राइम ब्रान्च र रेस्क्यु फाउन्डेसन नामक गैरसरकारी संस्थाले संयुक्त रूपमा कोठीबाट मायासहित १२ भन्दा धेरैको उद्धार गरेको थियो । उद्धारपछि नेपाल फर्केर मायाले गत माघ १५ गते ब्युरोमा जाहेरी दर्ता गरेकी थिइन् । मायालाई नेपाल फर्किने दिनसम्म पनि आफूलाई कोठीमा यौनधन्दा गराउन बाध्य पार्ने सीताबारे विस्तृत सूचना थिएन । एक दिन उनले लुकेर खिचेको सीताको एउटा फोटो र उनको गाउँको नाम पाङ्गर भन्ने थाहा थियो । उनले ब्युरोमा जाहेरी दिँदा यही सूचना टिपाइन् ।
यति सूचनाको भरमा सीताको खोजी गर्नु प्रहरीका लागि सजिलो काम थिएन । पाङ्गर गाउँ कुन जिल्लामा पर्छ भनेर पत्ता लगाउन प्रहरीलाई केही समय लाग्यो । प्रहरीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ मा पाङ्गर भन्ने ठाउँ रहेको पत्तो पाएपछि त्यहाँ अनुसन्धान केन्द्रित गर्यो । ब्युरोले नुवाकोटमा ९ वर्ष काम गरीवरी सरुवा भएर ब्युरो आएका एक जना हवल्दारलाई अनुसन्धानका लागि सोही गाउमाँ खटायो । ती हवल्दारले स्थानीय सूचनादातासँग ती महिलाको फोटो देखाउँदै खोजीनिती थाले । काकाको छोरा बितेपछिको मृत्यु संस्कार घेवामा सहभागी हुन सीता नुवाकोट आएको सूचना पाएपछि प्रहरीले उनको गतिविधि नियाल्यो । गत २३ गते कालो र नीलो रङको बा २ च १४०० नम्बरको पजेरो चढेर गाउँबाट सदरमुकाम आउँदै गर्दा उनलाई पक्राउ गर्यो ।
पक्राउपछिको प्रारम्भिक बयानमा ६२ वर्षीय सीताले आफू पनि माया जसरी नै बेचबिखनमा परेको र त्यसपछि दिल्ली बस्न थालेको बताइन् । उनले माया ६ महिना आफूकहाँ बसेको बताए पनि आफूले कोठी सञ्चालन नगरेको बयान दिएकी छन् । तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने उनी कोठी सञ्चालक रहेका अन्य प्रमाणहरू पनि भेटिएको बताएका छन् ।
पहिलो श्रीमतीबाट ५ छोरी जन्मिएपछि दोस्रो श्रीमतीका रूपमा गएको र आफूबाट कुनै सन्तान नभएको बताउने सीताले दिल्ली बसाइको अन्य आधार पुष्टि गर्न सकेकी छैनन् । प्रहरीले भने अनुसन्धानका क्रममा उनको बैंक खातामा कमाइको आधार पुष्टि हुन नसक्ने रकम देखिएको, उनको सम्र्पकको दायरा पनि फराकिलो रहेको भन्दै पहिलो पटक सात दिन र दोस्रो पटक पनि सात दिन नै जिल्ला अदालतबाट म्याद थप गरेर थुनामा राख्दै अनुसन्धान गरिरहेको छ ।
ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले उनले दिल्लीको कोठीमा अरू नेपाली महिलालाई पनि बेचेको हुन सक्ने आधारहरू देखिएको बताइन् । ‘सीतासँग सम्बन्धित र कोही बेचिएर फर्किएका पीडितहरू छन् भने उनीहरूले ब्युरोमा आएर वा फोनबाटै पनि सूचनाहरू दिन सक्छन्,’ उनले भनिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया