एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा
नुवाकोट । नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।
शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘ जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’
ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ । यस विषयमा थप छलफलका लागि केन्द्रीय कमिटी र सांसदहरुको छलफल राखिएको भुसालले जानकारी दिए । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ भुसालले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया